सूर्या र ज्याति लाइफबीच मर्जर सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् । होटल याक एण्ड यतीमा सम्पन्न कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय तथा क्षेत्रिय प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता आषाढ १२ गते सम्पन्न भइ बीमा समितिबाट मिति सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरुबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो । अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्ग तथा केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?