बिओके क्यापिटल मार्केट लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
26
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) क्यापिटल मार्केट लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरणहरु परित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ मा सञ्चित मुनाफाबाट ५ दशमलव ७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गर्नुका सथै आगामी आर्थिक वर्ष २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडले कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ । कम्पनीले हालसम्म ८५ हजार ६ सय ८९ हितग्राही खाता खोलिसकेको जनाएको छ । लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जनाको १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको कम्पनीले बताएको हो ।

मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले सेयर बजारमा समेत ४० प्रतिशत भन्दाबढी गिरावट आएकोे यस्तो कठिन अवस्थामा पनि यस कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरी आज (शुक्रवार) सातौँ वार्षिक साधारणसभाबाट प्रस्तावित ५ दशमलव ७९ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?