गुराँस लाइफ इन्स्योरेन्सको १२ औँ बार्षिक साधारण सभा सम्पन्न

लोकपथ
26
Shares

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न भएको हो । बिहान ११ बजे देखि १ बजेसम्म सेयरधनिहरुको भौतिक तथा जुममार्फत सभा सम्पन्न भएको हो ।

सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारितसमेत गरेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७७ /७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि सञ्चालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति, उनीहरुको पारीश्रमिक निर्धाण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी, सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित सात दशमलव ४४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३९ प्रतिशत नगद लाभांशको प्रस्तावलगायतका विविध प्रस्ताव अनुमोदन साधारण सभाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?