१३ चैत्र २०७९, सोमवार

सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्न क्लीन फिड अवधारणा ल्याएको विज्ञापन संघको आरोप

२०७९,कार्तिक,४,शुक्रवार १९:०२

0
Shares

काठमाडौं । राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको आरोप लगाएको छ । शुक्रवार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मलमा संघले यस्तो अरोप लगाएको हो ।

सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ति गर्न ल्याएको बताए । उनले सरकारको तलब भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लीन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए ।

उहाँले सरकारले क्लीन फिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल्याएपछि कार्यान्वयन गर्न सक्नुपर्ने बताए। श्रेष्ठले क्लीन फिड अवधारणा ल्याएर पनि अहिलेसम्म कार्यान्वयन नहुनुमा शंका रहेको बताएका छन्। उनले विज्ञापनहरुलाई सही रुपमा प्रशारण र प्रकाशन गर्ने नीतिगत व्यवस्थाको लागि
अब आउने सरकारसँग संघले वार्ता गर्ने पनि बताए।

देशभरका विज्ञापन एजेन्सीहरुलाई एकत्रित गर्ने उद्देश्यले धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,४,शुक्रवार १९:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अनरकाे एन्ट्री लेभल फोन सार्वजनिक भएको छ । नेपालमा अनर उत्पादनका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा.लि.ले

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको

काठमाडौं । प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६