सिटिजन्स बैंकको १६ औँ वार्षिक साधारण सभाद्वारा नौ प्रतिशत नगद लाभाशं पारित

लोकपथ
26
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रवार काठमाण्डौंको डिल्लीबजारमा सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

त्यसैगरी साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रुपैयाँको नौ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय २१ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यससँगै सिटिजन्स बैंक आर्थिक वर्ष २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।

साथै, साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१ : ४९ परिवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७ : ४८.९३ संथापक सेयरधनिहरुले धारण गरेको जम्मा सेयरस् साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताबसमेत साधारण सभाले पारित गरेको छ ।

सभाका अध्यक्षले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए ।

साथै, संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्घ रहेको कुरा बताए ।

यसका साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्‍याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?