सिद्धार्थ बैंकद्धारा चार सय रुपैयाँको क्यासब्याक योजना सार्वजनिक

लोकपथ
65
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ चार सय रुपैयाँको क्यासब्याक योजना ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पाँच सय रुपैयाँ वा सो भन्दाबढि रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा चार सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने छन् । यसको विस्तृत जानकारी तथा शर्तहरू बैंकको वेबसाईटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमार्फत आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?