राष्ट्र बैंकको तथ्यांक : श्रम स्वीकृती लिनेको संख्यामा वृद्धि, विदेशी लगानी ऋणत्मक (पूर्णपाठ)

लोकपथ
7
Shares

काठमाडौं । चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेश जान श्रम स्वीकृती लिनेहरुको संख्यामा बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार पुनः श्रम स्वीकृती लिनेको ७० दशमलव छ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जानका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७० दशमलव छ प्रतिशतले वृद्धि भई ३९ हजार एक ८९ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई २ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ प्रतिशतले घटेको थियो ।

त्यसैगरी भदौको अन्त्यसम्म १ खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विप्रेषण आप्रवाहदर १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव तीन प्रतिशतले वृद्धि भई एक अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।

यता चालू आर्थिक वर्षको सुरुवाती दुई महिनामा वैदेशिक लगानी ऋणात्मक देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक देखिएको हो ।

गत वर्षको सोही अवधिमा ३ अर्ब ४ करोड वैदेशिक लगानी नेपाल भित्रिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?