गरिमा विकास बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको’बीच छुट सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘द हिमालयन ग्रिल बाई बाजेको’ सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त गरिमा विकास बैंकले नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्र अनुसार गरिमा विकास बैंकको डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्दा ग्राहकले काठमाडौंको सामाखुसीमा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा १सय ५० छुट पाउनसक्ने छन् ।

उक्त सम्झौतामा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार श्रेष्ठ बीच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?