पल्सरका दुई मोडल बजारमा, यस्तो छ मूल्य

लोकपथ
26
Shares

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड को प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ ।

गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले पल्सरले २ वटा बाइकहरु लन्च गरेको जानकारी दिँदै भने, “नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको छ । ७० भन्दाबढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ । र फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ जसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँँ मापदण्ड खडा गर्नेछन् ।”

पल्सर एन २५० मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको र हेर्दा आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ । नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ ।

अगाडिदेखि पछाडिसम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जती हेरे पनि फ्रेश देखिन्छ। साइड कभर र ट्यान्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्यान्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ ।

सबैभन्दा शक्तिशाली १५० सिसीदेखि लिएर एन एस २०० को पावरसम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । यसको २५० सिसिको डिटिएस्आइ ओइल कुल्ड एनजिनले २४Þ५ को पिएस् को स्मुथ पावर र २१Þ५ एनएमको टर्कका साथ–साथै सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रश पनि दिने बताइएको छ। बाइकमा जडित निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधा जनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउने कम्पनीको भनाइ छ ।

त्यस्तै, पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको पल्सर एन् १६० मा डुअल च्यानल एबिएस् सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । यसमा १६५ सिसि एन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यस अघि नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने विश्वास गरिएको छ ।

यसमा बिएस्भिआइ कम्प्लाएन्ट १६५ सिसिको एन्जिन प्रयोग गरिएको छ। यसले ८७५० आरपिएममा १६ पिएस को पावर र ६७५० को आरपिएम मा १४ दशमलव ६५ एनएमको टर्क निकाल्न सक्ने कम्पनीको भनाइ छ । यसमा ५ स्पिडको गियर बक्स छ ।

नेपाली बजारमा यी बाइकहरुको मूल्य क्रमश ४ लाख ८९ हजार ९०० र ३ लाख ७९ हजार ९०० रहेको उत्पादक कम्पनी बजाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?