राज्यमन्त्री केसीको स्वास्थ्य अवस्था सामान्य

RSS
65
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । डेङ्गु संक्रमण भएपछि वीर अस्पतालमा उपचाररत रहेका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भुपेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि राज्यमन्त्री केसीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो । ‘उनको स्वास्थ्यावस्था सुधार भइरहेको छ । एक दुई दिन सघन उपचार कक्ष (आइसियु) मै चिकित्सकको निगरानीमा राख्नेछाैँ’, उनले भने, ‘त्यसपछि डिस्चार्ज गर्छौैं ।’ उनले राज्यमन्त्री केसीलाई थप निगरानी गर्नुपर्ने भएकाले आइसियुमा राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?