तिहारको मुखमै सुनको भाउ घट्यो, चाँदी स्थिर

लोकपथ
91
Shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीबार जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तिहार सुनचाँदी किनबेच हुने मुख्य सिजन हो । बेच्ने भन्दा पनि मानिसहरूले तिहारका बेला सुन, असर्फी किनेर राख्ने गरेका छन् । विगतमा तिहारका बेला सुनचाँदीको भाउमा वृद्धि हुने गरेको थियो । तर यसपटक भने आर्थिक तरलताले संकट निम्त्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?