मेरो माइक्रोफाईनान्सको छैटौं साधारणसभा सम्पन्न

नुवाकाेट- मेरो माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले छैटौं बार्षिक साधारणसभा शुक्रबार नुवाकोटमा सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सञ्जिव मानन्धरले प्रतिबेदन प्रस्तुत  गर्दै हालसम्म ९ करोड ४५ लाख खुद नाफा गर्नुको साथै ७८ करोड ३७ लाख रुपैयाँ निक्षेप रहेको जानकारी दिए ।
उनले  ग्राहक तथा अन्य सरोकारवालाहरुका हितलाई ध्यानमा राखी ग्रामीण क्षेत्रमा अवस्थित विपन्न वर्गको आर्थिक सामाजिक उत्थानमा संस्था लागिरहेको समेत बताए ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले हाल संस्थाले देशका ४८ जिल्लाका विभिन्न ग्रामीण तथा अर्ध–शहरी, शहरी विपन्न समुदायमा ८६ वटा शाखा कार्यालय मार्फत ८० हजार बढी विपन्न घरपरिवारहरुलाई वित्तीय साक्षरता सहितको लघुवित्तीय सेवा प्रदान गर्दै आएको बताए ।

    संस्थामा आबद्धहरुको ५३ हजार भन्दा बढी घरपरिवारहरुलाई ३ अर्ब ६५ करोड कर्जा प्रवाह गरी स्वरोजगार र लघु–व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गरिएको र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनशिल क्षेत्रमा लगानी गर्न जोड दिने समेत बताए ।
 कार्यक्रममा सस्थाका संचालक समितिका पदाधिकारीहरु, कर्मचारी तथा शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

संस्थाले विभिन्न जिल्ला तथा आर्थिक रुपले पछि परेका ग्रामीण समुदायमा कार्यक्रम विस्तारको योजना सहित लघुवित्त कार्यक्रमले छरिएर रहेका पेवापात, कन्तुरे रकमको वचत, बिना धितो र सीमित धितो कर्जा, ग्रामीण परिवेशमा रेमिटेन्स सेवा, लघुबीमा सञ्चालन गरिरहेको छ । संस्थाले नुवाकोटमा कर्पोरेट कार्यालय स्थापना गरी देशका विभिन्न जिल्लाहरुमा कार्य गर्दै आएको छ ।
कार्यक्रममा फाइनाइन्सको बर्तमान अवस्था भावी कार्यक्रम, कार्यगत अवस्था लगाएतको बारेमा जानकारी गराइएको थियो ।

कम्पनीले ४ करोड २९ लाख रुपैयाँ बोनस सेयर र ३ करोड २३ लाख ६३ हजार १५७ रुपैयाँ नगद लाभांशमा वितरण गर्ने सभा बाट पारित गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ छ । बोनस र हकप्रद वितरणपछि चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?