काठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप सात हजार वा दसैँ तथा तिहार योजना रोज्न सक्ने छन् । त्यसैगरी, होन्डाका पहिलो दुई सय ५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् ।
योजना २०७९ कार्तिक एक देखि छ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया