काठमाडौं । शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारासहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२ औँ विश्व खाद्य दिवस, २०२२ को अवसरमा कृषि बीमा र दाबी फर्छौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई नगद १० हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको हो ।
नेपालमा कृषि बीमामा विकास र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दाबीको व्यवस्थापन र फर्छौट गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको छ । हरेक वर्ष अक्टोवर १६ तारिखमा विश्वभरी खाद्म संकट र भोकमरिको विरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाईन्छ । नेपालमा ४२ औँ विश्व खाद्य दिवस कृषक र सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको हो ।
किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण यसै कम्पनीलाई युके एडद्धारा २०१९ मा ५० हजार पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार रासी प्रदान गरिएको थियो ।
स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रुपमा रहँदै आएको यस कम्पनी इक्रा नेपालबाट आईक्रा –एनपी ए रेटिङ प्राप्त गरेको नेपालको एकमात्रै निजिर्वन बीमा कम्पनीसमेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया