…….. अनि शहरले अवला नारीको जीवन लीला यसरी सिध्यायो !

नुनदेखि सुनसम्म पाइने असन इन्द्रचोक । न्वारनदेखि मृत्यु संस्कारसम्मका लागि चाहिने सम्पूर्ण सामाग्री यहीँ पाइन्छ ।

असन इन्द्रचोक काठमाडौंको एउटा पुरानो बजार । 

काठमाडौंको प्राचीन ठाउँमध्ये असन (असं) एक हो । यस स्थानको महत्व भएकै कारण अहिले पनि बाह्रैमास मानिसको भीड लाग्ने गर्छ । यही असन सडक छेउमै घर । त्यहीँ बस्छिन् १३ वर्षीय एकल महिला । त्यहाँ वरपरकाले एकल महिलाको अर्थ जान्दैनन् उनलाई विधुवा बालिका भन्छन् । 

…………………………………………………………………

यही घरमा १३ वर्षीय विधवा तारा । विवाह भएको केही महिनामै विधवा हुन पुगिन् ।

यिनै विधुवा तारा जसको शरीरमा यौवनका चिन्हहरु भरिँदै थियो । विधवा ताराको अंग प्रत्याङ्गको विकास हुँदै थियो । 

उनी १५ वर्षकी भएकी छिन् । उनको अंग प्रत्याङ्ग सँगसँगै भेषभुषा र श्रींगारमा पनि परिवर्तन हुँदै थियो । तर, उनको सौभाग्य विधताले नै पुछिदिइसकेका थिए । 

उनी जब विधुवा भइन् उनलाई आफू विधवा हुनुको कुनै गुनासो थिएन । तर, जब उनलाई विधवाको अर्थ थाहा हुँदै थियो तब उनी यौवन अवस्थामा परिवर्तित हुँदै थिइन् । उनलाई हरेक ससाना कुराले प्रभाव पार्दै थियो । उनमा एउटा ठूलो हलचल सृजना हुँदै थियो । 

शहर त्यसमाथि सडक छेउमै घर । कहिले नव विवाहित जोडी हिँडेको देख्थी त कहिले युगल जोडी हाँस्दै–जिस्किदै र अंकमाल गर्दै हिँडेको देख्थी । संसारका यिनै मिथ्या प्रलोभनहरु देखेर कहिलेकाहीँ उसको चञ्चल हृदयमा अचानक एउटा अज्ञात प्रलोभनको आँधी चल्न थाल्थ्यो ।

तारा माइत बस्छिन् । उनलाई खाना–लाउनको कुनै कमी थिएन । तर, फक्रदो यौवनमा शून्यपनको आभाष गर्थिन् उनी । उसले यो अन्धकार संसारमा कुनै अदृश्य आत्मालाई छामछुम गरेर एउटा हराएको वस्तुलाई खोजिरहन्थी । 
…………………..

ताराको घर नजिकै अर्थात् सडक पारी सुन्दर युवकको घर थियो । उसको नाम गोपाल । लाम्चो र गोरो अनुहार, ठूला–ठूला आँखा, ठूलो निधार । 

बीए सम्मको पढाइ सकेर विवाह गर्ने सोच बनाएका गोपालले स्त्रीहरुलाई पनि शिक्षादीक्षा दिनुपर्छ भन्ने सोच राख्थे । 

गोपाल र तारा छिमेकी थिए । छिमेकी भएकै नाताले गोपाल पटक–पटक ताराको घरमा आउने गर्थे । गोपालको त्यो मनोहर रुप देखेर विधुवा ताराको मनमा भुइँचालो जान्थ्यो । 

…………………..

एकदिन एकान्तमा तारा र गोपालको भेट हुन्छ । र ताराले सोध्छिन्,‘‘गोपाल, तिमीलाई यो संसार कस्तो लाग्छ ?’’ 

ताराको प्रश्न सुनेर गोपालले भने, ‘जताततै सुन्दर, आनन्द, रमाइलो छ । त्यो अग्लो हिमाल, त्यहाँबाट निस्केको पानीको छहरा, सुन्दर बगैंचा, झिलिमिली शहर, जता हेर्यो त्यतै मनमोहक दृश्य मात्र छ ।’

गोपालको जवाफ सुनेर ताराले गोपाललाई अँगालो हाल्दै लामो श्वास फेर्दै आँखाभरी आँसु पार्दै भन्छिन्, ‘तिमी झुटो बोल्दै छौ । म त जता हेरे नि अँध्यारो, अन्धकार मात्र देख्छु ।’ 

यसरी दुई जनाबीचको निकटताले कतिबेला उनीहरुलाई एक अर्काप्रति समर्पित बनायो थाहा नै भएन । 

एक अर्कासँग आत्मीय रुपमा गाँसिएका उनीहरु विस्तारै शारीरिक रुपमा पनि नजिकिए । त्यसकै फलस्वरुप केही महिनापछि तारा गर्भवती भइ । 

………………………………….

एक दिन । गोपाल राती आफ्नो कोठामा बसिरहेको थियो । त्यति बेला गोपालको झ्यालबाट एउटा कागजको डल्लो कोठा भित्र पस्छ । गोपाल झसंग हुन्छ । छेउमा गएर त्यो कागजको डल्लो उठाउँछ र हेर्छ । त्यो त ताराले फ्यालेकी रहिछ ।

गोपाल पढ्न थाल्छ….

प्रिय,
तिमीलाई नदेखेको नि लामो समय भयो । परमेश्वर दिव्य चक्षुलाई ढाक्न खोजेँ तर, केही सीप  लगेन । म डुबेँ, निसासिएँ । मलाई तान । यस अभागिनिको हात समातेर तान र मलाई सदाको लागि आफ्नो बनाउ । 

अभागिनी तारा 

चिठ्ठी पढेपछि गोपाल एकछिन टोलाउँछ लाग्छ उसित उस्को मुटु कसैले मगेको छ । र केही समयपछि सोच्न थल्छ “मैले के गल्ती गरेको छु र ? मलाई के को डर ? मैले त उसलाई माया गरेको छु । समाजमा उमेर ढलिसकेको मानिससँग एक अवोध बालिकको विवाह गर्दिन्छ र त्यसलाई उमेर मै विधवा बनाएर आफु संसारदेखि बिदा हुन्छ, ।’’ यस्तै–यस्तै कुरा सोच्दा कतिखेर गोपाल निदाएछ पत्तै पाएन । 
…………………………..
आजभोलि तारालाई देखेर छरछिमेक कानेखुशी गर्न थालेका छन् । तारामा चिन्ताको सिमा थिएन । उसको पेटमा गोपालको नासो हुर्किदै थियो । उसले कल्पना गरेकी थिइ निकट भविष्यमा सामना गर्नु पर्ने भयंकर विपत्तिको । 

यो स्वार्थी संसारमा तारामाथि सान्त्वना देखाउने कोही व्यक्ति थिएन । भागेर जाने सहर थिएन ।  चारै तिर निर्दयी पापी समाज मात्र देख्छे ऊ  । ताराले विचार गरी ‘‘यो पापमा म एक्लो पापी होइन, दुवै जनाको इच्छा अनुसार भएको हो । आज गोपाललाई भेटेर टुङ्गो लगाउँछु ।’’

तारा साँझपख आफ्नो घरको ढोकाबाट गोपालको घरतिर हेर्दै थी । अचानक उनका पाइला गोपालको घरतिर अघि बढ्छन् । गोपालको घरमा ताराले के पाइला मात्र टेकेकी थि गोपालकी आमाले तारालाई देख्छिन् र झ्यालबाट कराउँदै भन्छिन्, “को तारा ? वेश्या हो ? यो राँड यति साँझ हाम्रो घरमा किन आइछे ? यसको जगल्टा भुत्ल्याएर निकाल्नु पल्ला कि । अल्च्छिनाले बिहा भएको महिना दिन बित्न नपाउँदै पोइ टोकी, अब कसलाई टोक्न आकी मेरो घरमा ?’’ 

गोपालको आमाको यस्तो कडा वचन सुनेर तारा एक शव्द नबोली आफ्नो घरतिर लाग्छिन् ।  घरमा मात्र के पुगेकी थिइ कोठाबाट दाजु–भाउजु कुरा गरेको आवाज सुन्छे “टुहुरी बहिनी भनेर टाउकोमा टेकाउनु भयो । कुन दिन नाक काट्छे । एकछिन घरमा बास छैन । तपाईं बाहिर जानु भयो कि गोपालको घरमा पुग्छे । 

आजभोलि ताराको जिउडाल नि डोलो भाको देख्छु । छि के–के देख्नुपर्ने हो । बाँच्नु मात्र पर्छ ।

दाइले भने, “के गर्नु अलच्छिना भनेको मन्दिन ।’

आमाबुबा नभाकी ताराले दाजु–भाउजुको कुरा सुनेपछि शुन्यता महशुस गरी । हृदयमा मेट्न नसक्ने चोट लागेको भान भयो उसलाई । 

दौडदै कोठामा गएर अनुहार हेर्छे, उ आमा बन्दै छे । तर खुसी भन्दा बढी डर र समाजको प्रतिक्रियाले जितेको छ । 

आज ताराको चाल घाइते पन्छी जस्तै भएको थियो । चोट लगेर छट्पटाएर ढलेको चरा जस्तै ।

दाजु भाउजुको कुरा सुनेपछी तारा आफ्नो कोठा तिर लाग्छे । कोठाको ढोका बन्द गर्छे र भित्तामा रहेको स्व. पतिको तस्वीर अगाडि उभिएर एक नासले टोलाउँछे । तस्वीरको हेराइ यस्तो लाग्छ, एउटा निर्जिव चित्रमा सर्जिव मूर्ति छ । उ हात जोडेर विलौना गर्न थाल्छे । “स्वामी ! पूर्वजन्ममा हजुरलाई पाउने धर्मको विश्वास गर्न सकिन । बालापनको अल्लारे बुद्धिमा लागेर फक्रँदै गरेको आफ्नो जोवनलाई सम्हाल्न सकिन । बुद्धि भ्रष्ट भयो । अब यो पापको प्रयाश्चित गर्छु । स्वमी, प्रयाश्चित गर्छु । भन्दै बिलौना गर्न लागिन् । 

…………………………………

ताराले प्रयाश्चित गर्ने निश्चित गरेकी थिए । त्यसैले भोलीपल्ट मिर्मिरे बिहानी हुन लागेको थियो । गाउँघरमा मानिसहरु पशुपति नुहाउन प्रभाति गाउँदै असन, ईन्द्रचोक र रानीपोखरी हुँदै जाने तरखरमा थिए । मनमा अनेक कुरा खेलाउँदै तारा पनि त्यही भिडमा सामेल हुन्छिन् । 

जब त्यो भीड पशुपति किनारा छेउमा मात्र के पुगेको थियो पशुपति किनाराबाट एउटा भयानक आवाज आउँछ ।  

पशुपति किनाराबाट आएको आवाज सुनेर सबैको ध्यान त्यतैतिर केन्द्रीत हुन्छ । र त्यही भीडमा रहेका एकदुई जनाले बाग्मतीमा किनार छेउमा गएर हेर्दा महिलाको वस्त्र देखे । र उनीहरु भन्छन् ‘बाग्मतीमा महिलाले हाम फालिन् ।’ 

घाटेहरुले मरीतरी महिलाको शव बाग्मती निकाल्छन् । 

महिलाको शव हेर्दै मानिसहरु कुरा गर्न थल्छन्, “ओहो कति राम्री रहिछे, किन यसरी हाम फालेर आत्महत्या गरेकी होला ? के भएको थियो होला ? 

मिर्मिरेमा मर्निङ वाक गरेर पशुपतिमा प्रसादी लिन आएको केटोले भीड देख्छ । के भएको हो ? भीड पन्छाउन थाल्छ । 

बाग्मतीमा हामफालेर आत्महत्या गर्ने युवती तारा भएको प्रमाणित हुन्छ । 

यो दृश्य देखेर मर्निङ वाक गर्दै गरेको गोपाल छाँगाबाट खस्छ । 

उसका आँखाबाट बलिन्द्र धारा आँशु खस्छ । 

आँशु लुकाइरहन्छ । 

ऊ सोच्न थाल्छ “आज समाजको नियम, कानून, अन्धविश्वास र रुढीवादी परम्पराको कारण  एउटी अनाथ, निर्दोष विधवाको जविनलीला समाप्त भयो ।’’

आमाको जवाफले चित्त दुखाइ सायद । समाजको छि: छि: र दुरदुर सहन सकिन सायद । मसँग कुनै गुनासो नगरी उसले यो संसार छाडी । 

गोपाल सोचिरहन्छ । 

केही मिनेटपछि उ आँशु पुच्छ्दै भीडबाट निस्किन्छ । 

हजारौँ प्रश्नको जवाफ खोज्दै यही अन्धविश्वासी र रुढिवादले ग्रस्त शहरमा उही तारालाई खोज्छ । 

खोजिरहन्छ । 

तर, तारा भौतिक संसार र गोपालबाट टाढा टाढा विलिन भइसकेकी थिइ । 

कहिल्यै नफर्कने गरी । 

यद्यपी समाजको रुढीवादी सोच आजपनि उसैगरेर जरा फिजाएर बसेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?