साताको अन्तिम दिनपनि सेयर बजारमा गिरावट

लोकपथ
13
Shares

काठमाडौं । यो साता सेयर बजार परिसूचक (नेप्से) उकालो लाग्न सकेन् । मंगलवार सार्वजनिक बिदाका कारण ४ दिनसम्म मात्र खुल्ला रहेको बजार चारै दिन ओरालो लागेको हो ।

साताको पहिलो दिनदेखि नै सामान्य अंकको गिरावट खेप्दै आएको बजारमा आज अन्तिम दिन पनि सामान्य अंकको गिरावट आएको छ । १ दशमलव ३८ अंकको गिरावट आएको छ । यो सँगै नेप्से १ हजार ८ सय ४४ दशमलव १४ को विन्दुमा पुगेको छ ।

सेनसेटिभ तर्फ भने सामान्य अंकको वृद्धि आएको छ । आज सेनसेटिभ तर्फ शून्य दशमलव शून्य ९ अंकको वृद्धि भएको छ । यो सँगै सेनसेटिभ विन्दु ३ सय ६३ दशमलव शून्य ५ मा पुगेको छ ।

आज २ सय २१ कम्पनीको १५ लाख ४६ हजार ८ सय ४७ कित्ता सेयर कारोबार भएको छ । कुल १७ हजार २ सय ९६ को ट्रान्जेक्शन हुँदा ५० करोड ७६ लाख ८९ हजार ५ सय ६१ रुपैयाँको कारोबार भएको छ ।

आज व्यापार, विकास बैंक र लगानीका क्षेत्रमा हरियाली छाएपनि अन्य क्षेत्रहरु राताम्य छन् । सयपत्री हाइड्रो अत्याधिक कमाउने कम्पनी बन्दा सेन्चुरी डिभेन्चुअर सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?