भारतको मुत्तुट फार्इनान्स र युनार्इटेड फार्इनान्सले रणनीतिक साझेदारी गर्ने

काठमाडौं : भारतको मुत्तुट फार्इनान्स कम्पनीलार्इ नेपालको युनार्इटेड फार्इनान्स कम्पनीले रणनीतिक साझेदार बनाउने पक्कापक्की भएको छ । 

यसअघि युनार्इटेडले विदेशी साझेदार भित्र्याउनकै लागि १९० रूपैयाँमा संस्थापक समूहको २१ लाख कित्ता एफपीअो जारी गर्ने लागेको छ । कार्तिक ३० गते बस्ने संस्थाको साधारणसभामा पनि भारतको मुत्तुट फार्इनान्ससँग रणनीतिक साझेदारी गर्न प्रस्ताव पेश गर्न लागिएको छ  । एफपीअो जारी गर्नका लागि कम्पनीले प्रबन्धपत्र समेत संशोधन गर्दैछ ।

मुत्तुटसँग रणनीतिक साझेदारी गरेसँगै युनार्इटेडले सुन धितो कर्जा र नेटवर्थलार्इ अाधार मानी अाफ्नो कारोबार अघि बढाउने जनाएको छ । मुत्तुट भारतमा 'गोल्ड लोन'का लागि 'पायोनियर' फार्इनान्स मानिन्छ । 

२१ लाख कित्ता संस्थापक शेयर रहने गरि मुत्तुट नेपाल भित्रने तयारीमा छ । अंकित मूल्यमा थप ९० रूपैयाँ प्रिमियम जोडेर शेयरको भाउ निर्धारण गरिने युनार्इटेड फार्इनान्सका अधिकारीहरूले जनाएका छन् ।

यो पनि : 

विदेशी साझेदार भित्र्याउन युनार्इटेड फार्इनान्सले एफपीओ जारी गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?