१ अर्बमा ३ वटा नयाँ जहाज किन्दै बुद्ध एअर, विमान संख्या १४ पु-याउँदै

काठमाडाैं : हाल १२ वटा जहाजबाट अान्तरिक हवार्इ सेवा प्रदान गर्दै अार्इरहेको बुद्ध एअरले जहाज संख्या १५ पु-याउने भएको छ । 

विमानस्थलको संख्या बढिरहेको र अन्य हवार्इ सेवा दिने कम्पनीहरूले अाफ्नो व्यवसायलार्इ अाक्रमक बनाउँदै लगेपछि बुद्धले पनि अाउँदो ६ महिनाभित्र ७२ सिटे एटीअार-७२ जहाज थप्ने भएको हो । त्यसलगत्तै सोही क्षमताका थप दुर्इ जहाज पनि उड्ययन सेवामा सामेल गर्ने बुद्ध एअर स्रोतले जानकारी दियो ।

नयाँ जहाज उडाउनका लागि बुद्ध एअरले दुर्इ जना विमानचालक (पार्इलट) र चार जना सहचालक (कोपार्इलट) नियुक्ति गर्न प्रकृया समेत अघि बढाएको छ । २ वटा जहाजलार्इ विराटनगर बेस बनाएर उडान भर्दै अाएको बुद्धका अन्य ९ वटा जहाजको वेश भने काठमाडाैंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नै हो । 

''तीन नयाँ जहाजका लागि हामी थप १ अर्ब लगानी गर्दैछाैं,'' बुद्ध एअरका एक अधिकारीले भने ''जहाज भित्र्याउन नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट २ महिनाअघि नै  स्वीकृति लिर्इसकेका छाैं ।'' त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ट्राफिक जामका कारण जहाज होल्ड गर्ने समस्या बढेकाले थप्न लागिएका नयाँ ३ वटा जहाजको वेश काठमाडाैं बाहिरकै विमानस्थलमा राख्न लागिएको ती अधिकारीले जानकारी दिए । 

त्रिभुवन विमानस्थल संकूचित भएकै कारण अाफ्नो व्यवसायिक कार्ययोजनाअनुसार व्यवसाय विस्तार गर्न नसकिरहेको बुद्धले भैरहवामा निर्माणाधीन गाैतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थललार्इ नयाँ वेश बनाउने सम्भावना देखिएको छ । यो विमानस्थल अबको ६ महिनाभित्र सञ्चालनमा ल्याउनेगरि सरकारले निर्माण अघि बढाएको छ । कम्तीमा एक बर्षभित्र विमानस्थल सञ्चालनमा अाउने लगभग निश्चित छ । 

हाल बुद्ध एअरसँग ६ वटा ७२ सिटे एटीअार, ३ वटा ४२ सिटे एटीअार र दुर्इवटा वीचक्राफ्ट विमान छन् । मुलुकका विभिन्न ८ वटा अान्तरिक गन्तव्यमा हवार्इ सेवा प्रदान गर्दै अार्इरहेको बुद्धले भारतको बाराणाशीमा पनि हप्तामा ३ वटा उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?