सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

लोकपथ
78
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधवार काठमाडांैस्थित न्यूरोडगेट, ललितपुरस्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सो क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

उक्त शाखाहरु विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ) एटिएम, पिओएस् मेसिनका साथै, निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४ सय ५० भन्दाबढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्ड जस्ता सेवामार्फत बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?