एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा लम्साल नियुक्त

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको आज (बुधवार) बसेको ५ सय ७१ औँ बैठकले आजैदेखि लागू हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहणसमेत लिएका छन् ।

अर्थशास्त्र एवम् बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लम्सालले राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?