सानीमा बैंकले पायो २ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले सानिमा बैंकलार्इ २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको छ । अनुमति पाएसँगै सानीमाले सर्वसाधारणका लागि ४० करोड रूपैयाँ र व्यक्तिगततर्फ १ अर्ब ६० करोडको ऋणपत्र जारी गर्ने भएको छ ।

पूँजी बृद्धि गरेपछि अावश्यकताअनुसार निक्षेप संकलन नभएपछि बैंकहरू पछिल्लो समय ऋणपत्र बिक्री गरि तरलता जुटाउन लागिपरेका छन् । सानिमाले पनि लगानी विस्तार गर्नका लागि ऋणपत्र जारी गर्न लागेको जनाएको छ । 

१० बर्ष अवधिको यो ऋणपत्रको मुल्य प्रतियुनिट १ हजार रूपैयाँ तोकिएको छ । यसहिसाबले सानिमाले २० लाख युनिट ऋणपत्र जारी गर्नेछ । ऋणपत्र बिक्रीका लागि बैंकले काठमाडाैं क्यापिटलललार्इ बिक्री प्रबन्धक तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?