चाैतारी लघुवित्तले ५ लाख ४० हजार कित्ता अार्इपीअो जारी गर्ने

काठमाडाैं : बुटवलमा केन्द्रीय कार्यालय रहेको चाैतारी लघुवित्तले ५ लाख ४० हजार कित्ता साधारण शेयर (अार्इपीअो) जारी गर्न विशेष साधारणसभा अायोजना गर्न लागेको छ। 

भोली (सोमबार) बुटवलको दियालो फुडल्याण्ड हुने साधारणसभामा यो मार्इक्रोफार्इनान्सले पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव लैजाँदैछ । साथै, कम्पनीका प्रबन्धपत्रमा समेत केही परिमार्जन गर्ने प्रस्ताव सञ्चालक समितिले साधारणसभामा पेश गर्दैछ । 

पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले चाैतारीले भदाै २५ गते नै अार्इपीअो बिक्री गर्न अनुमति दिर्इसकेको छ । प्रतिकित्ता १०० रूपैयाँमा ५ लाख ४० हजार कित्ता अार्इपीअो बिक्री गरेपछि यो लघुवित्तले चुक्ता पूँजी १८ करोड रूपैयाँ पु-याउनेछ । हाल चाैतारीको चुक्तापूँजी १२ करोड ६० लाख रूपैयाँ रहेको छ । 

साविकको लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ जिल्लालार्इ कार्यक्षेत्र बनार्इ लघुवित्त सेवा प्रदान गर्दै अाएको चाैतारीको अार्इपीअो बिक्री प्रबन्धकको जिम्मा एनअार्इबीएल क्यापिटलले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?