काठमाडौं । टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरुको माग नेपाली बजारमा वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी गाडी हजार भन्दाबढी बुकिङ्ग भएका छन् । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तीन चरणमा आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ ।
नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २ सय भन्दाबढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको जनाएको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नुनपर्ने कम्पनीको भनाइ छ ।
यसैगरी, फोर्ड इडिया प्रालिको सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता भएको छ । प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४ लाख बीस हजार इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरुप विकास गर्ने बताईको छ । टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंग स्टेसन र सय वटा स्लो चर्जिंग स्टेसनको स्थापना गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया