राष्ट्रिय खेलकुद ऐतिहासिक रुपमा सफल : मन्त्री अथक

लोकपथ
52
Shares

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथकं)ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएको बताएका छन् । प्रतियोगिता समापन समारोहमा सहभागी हुन पोखरा जाने क्रममा बुधवार बिहान नेपालगन्जस्थित राँझा विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैं मन्त्री अथकले प्रतियोगिताको सफल आयोजना आफैमा ऐतिहासीक उपलब्धि भएको
बताए ।

मन्त्री अथकले कोभिडलगायतका विभिन्न कारणले रोकिएको देशकै सबैभन्दा ठूलो खेल प्रतियोगिता निर्धारित समयमा नै सञ्चालन गर्न सक्नु ठूलो सफलता भएको बताएका हुन् ।

प्रतियोगिता सञ्चालनमा विभिन्न चुनौती आए पनि ती सबै चुनौतीलाई चिर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको उच्च मनोबल, अथक
प्रयास र परिश्रमले गर्दा ऐतिहासिक रूपमा प्रतियोगिता सम्पन्न हुन गइरहेको भन्दै उनले खुसी व्यक्त गरे ।

प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङका खेलाडीको दुःखद निधन भएको घटनाले खेल जगतलाई दुःखी बनाएको बताउँदै उनले सरकारले सो घटनाबारे अनुसन्धान गर्ने बताए ।

उनले खेल क्षेत्रले देशलाई विश्वमा चिनाउने र पहिचान कायम गर्ने भएकोले खेलकुदका लागि बजेटमा वृद्धि गर्नु अपरिहार्य बनेकोसमेत बताए।

पोखरामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र यस पटक जित्न नसकेका सबैलाई अग्रिम बधाई दिँदै उनले कम समयमा खेलकुदको समग्र विकासमा आफूले धेरै उल्लेख्य काम गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?