एएफसी यू-१९ महिला छनोट फुटबलमा नेपालद्वारा भारत पराजित

काठमाडौं । जारी एएफसी यू-१९ महिला छनोट फुटबल प्रतियोगिता अन्तर्गत नेपाल विजयी भएको छ । 

थाईल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत निकालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफको १४ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि रेखा पौडेले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । त्यस्तै, ८८ औँ मिनेटमा उनले दोस्रो गोल गरिन् ।

निर्धारित समयसम्म भारतले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न भने सकेन र खेलमा २-० को हार बेर्होर्‍यो । जितपछि नेपालले महत्वपूृर्ण ३ अंक जोडेको छ । यो जितपछि नेपालले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।

भारतको पनि समान ३ अंक नै छ । अब  नेपालले यहि आइतवार समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?