एक हुल हिडे सफाई भाषणमा

काठमाडौं । सधैजसो राजनीतिक कार्यक्रमको भाषणमा व्यस्त रहने एक हुल विशिष्ट व्यक्तित्वहरु बुधबार भने फरक कार्यक्रममा पुगे । मन्त्री बिक्रमबहादुर थापासहितका विशिष्ट व्यक्तित्वहरु चक्रपथ सफाई अभियान सम्वन्धी अन्तरक्रिया कार्यक्रममा भाषण गर्न पुगेका हुन् ।चक्रपथ सफाई अभियान २०७१ को आयोजनामा भएको शुभकामना आदानप्रदानसहितको कार्यक्रममा मन्त्री थापासहित पूर्ब मन्त्री डाक्टर सुरेश मल्ल, जिल्ला समन्वय समिति काठमाडौंका सभापती शिब बैद्य, पूर्ब प्रधानशेनापती महारथि रुक्माङ्गद कटुवाल, पुर्ब सचिब इन्जिनियर किसोर थापालगायतका सहभागी भएका थिए । साथसाथै, ससस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायणबाबु थापा, ट्राफिक प्रहरी नायब महानिक्षक सर्बेन्द्र खनाल, नागर्जुन नगरपालिका मेयर मोहन बस्नेत, उधोग ब्यापार सङठनका कार्यबाहक अध्यक्ष श्याम श्रेष्ठ, ग्रिन हिल सिटी चक्रपथ सफाइका लोकबहादुर टन्डन, रुद्रमती बल्खुको अभियन्ता सदिच्छा कार्की, नागरिक समाजका अगुवा रबिन बस्नेत, मिस नेवा कृजना ड्ङगोलसहितका व्यक्तित्वहरु कार्यक्रममा पुगेका थिए । साथसाथै, नेपाल प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, निर्माण ब्यबसायी महासघ पुर्ब अध्यक्ष रमेश शर्मा, नाडा कार्यसमिती सदस्य तथा बि के टि टायरका बिक्रम सिङ्घनिया, विल्सन एकेडिमीका निर्देसक अर्जुन सिंह ठकुरी, कलाकार श्रीकृस्ण सिम्खडा, गायक कलाकार तिलक बस्नेत, बरिस्ठ कार्यक्रम सन्चालिका यम्जोङ शेर्पालगायत व्यक्तिहरु भाषणम पुगेका थिए ।कार्यक्रममा सफाई भने गरिएको थिएन । चक्रपथ सफाई अभियान २०७१ का संयोजक व्यवसायी ताराबहादुर कुँवरले अभियान अन्तर्गत प्रत्येक शनिबार विहान सफाई गर्दै गरेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?