७७ वटै जिल्लाका सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

लोकपथ
13
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमवार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।

वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यस अघि नै पहिलो बैंकको रुपमा बैंकिङ्ग पहुँच पुर्‍याईरहेको छ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले पाँच अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैैंंकको सेयरधनी कोष ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति तीन खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?