नवौं राष्ट्रिय खेलकुद : प्रहरीको पक्षमा हालसम्म १ सय २९ पदक

लोकपथ
26
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत विभिन्न खेलहरूमा नेपाल प्रहरीले हालसम्म ४३ स्वर्ण, ३८ रजत र ४८ कास्य गरी कुल १ सय २९ पदक प्राप्त गरेको छ ।

नेपाल प्रहरीले तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, २ रजत र ५ कास्य, भारोत्तोलनमा ८ स्वर्ण र ५ रजत, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, जुडोमा ३ स्वर्ण, १ रजत र ५ कास्य जितेको छ ।

यसैगरी, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य जितेको छ ।

यसैगरी, एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ४ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, बुद्धिचालमा ३ रजत, सुटिङमा १ रजत र २ कास्य, आर्चरीमा १ रजत, आईटिएफ तेक्वान्दोमा ४ कास्य, लन टेनिसमा २ कास्य तथा ब्याडमिन्टनमा २ कास्य जितेको हो ।

नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ १८ स्वर्ण, १७ रजत र २६ कास्य, पुरूषतर्फ २३ स्वर्ण, २० रजत र २१ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?