१७ चैत्र २०७९, शुक्रवार

आधारभूत तहसम्म संयुक्त कार्यक्रम गर्ने

२०७४,कार्तिक,१,बुधबार ०७:२९

0
Shares

–प्रकाश सिलवालकाठमाडौँ, १ कात्तिक ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पु¥याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम गर्ने भएका छन् ।चुनावी तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने र निर्वाचन क्षेत्र बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम दुई ठूला बाम दलले सँगसँगै अघि बढाएका छन् । बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम एक दुई दिनभित्रै टुङ्ग्याउने तयारी पनि ती दलले गरेका छन् ।उम्मेदवारी र घोषणापत्र बाँडफाँडका लागि गठित संयुक्त कार्यदलले काम गरिरहेको छ भने एमाले स्थायी कमिटीको ८७ औं बैठक पनि जारी छ । ती दलबीच गत असोज १७ गते चुनावी तालमेल र एकताको घोषण भएको थियो ।एमाले र माओवादीले वैचारिक सिद्धान्त र क्रान्तिको कार्यक्रमलाई क्रमिक छलफलबाट विकास गर्ने र मुलुकको समृद्धिका लागि सबै कम्युनिष्ट र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको एकता र सहकार्यलाई प्राथमिकता दिन सहमत भएका छन् । नयाँ शक्ति नेपाल भने उक्त सहमतिमा आएपछि हाल बाम गठबन्धनबाट बाहिरिने तयारी गरेको छ ।एमालेको जारी बैठकमा निर्वाचन आचारसंहिता लागू भइसकेको र समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको मनोनयन समेत भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु, कार्यविभाजन र विभागीय हेरफेर गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन भएको ठहर गरिएको सो पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले बताए ।माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सैद्धान्तिक रुपमा दुई पार्टी तालमेल र एकताको प्रक्रिया तलसम्म लान तयार भएका छन्, निर्वाचनको प्रचार र आन्तरिक संगठनात्मक संयुक्त भेला क्रकिमरुपमा हुनेछन् ।राई एमालेमा प्रवेशयसैबीच एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई पार्टी प्रवेश गराएका हुन ।अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनु राज्यका सबै अंगहरुको दायित्व भएकोे बताए ।कुनै पनि बहानामा निर्वाचन सार्ने वा प्रभावित पार्ने काम कसैबाट हुनुहुदैन् उनले भने ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०७:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्। एमाले जिल्ला अध्यक्षमा समेत रहेका

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८