पीपीएल क्रिकेट : पोखरा पल्टनद्वारा विराटनगर टाईटन्सलाई १ सय ९८ रनको लक्ष्य

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट ‘पीपीएल’ शुक्रवारबाट शुरु भएको छ । 

सर्वाधिक पुरस्कार राशी रहेको यो प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन र विराटनगर टाईटन्स भिडिरहेका छन् । पोखरा रंगशालामा भएको खेलमा पोखरा पल्टनले विराटनगर टाईटन्सलाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो । पोखराका लागि आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ५२ बलमा ५ चौका र १ छक्काको मदतमा ५२ रन जोड्न सफल भए ।  

भारतीय खेलाडी रबि इन्दर सिंहले ४४ रनको योगदान दिए ।  विनोद भण्डारीले अविजित ४१ रन, कुशल भुर्तेलले ३८ रन तथा कप्तान शरद भेषवाकरले अविजित ७ रन जोडे ।

विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट तथा शाहब आलमले १ विकेट लिए । जारी प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?