१२ माघ २०७९, बिहीवार

पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

२०७९,कार्तिक,१,मंगलवार १९:४५

27
Shares

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलवार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

यता एपीएफले सुदुरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजीत गरेर फाइनल यात्रा तय गरेको छ ।

गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राईले निर्णायक गोल गरे । आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा पराजित भयो ।

एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले सान्त्वना गोल फर्काए । एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहीवार पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । बिहीवार नै तेस्रो स्थानका लागि गण्डकी र सुदूरपश्चिमबीच खेल हुनेछ ।

प्रकाशित मिति: २०७९,कार्तिक,१,मंगलवार १९:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन

काठमाडौं । सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका छन् ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६