सिटिजन लाइफ इन्स्योरेन्सको सप्ताहव्यापी कार्यक्रम सुरु

लोकपथ
52
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी भोलि (बुधवार) आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध–वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाईलगायतका कार्यक्रम एवम् विद्यार्र्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरीलगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि २०७८ असोज ३१ गते देखी कार्तिक ६ गते सम्म सप्ताह व्यापी कार्यक्रममार्फत सोही प्रकारका गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ ।

इन्स्योरेन्स समुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विद्यार्थीसँग बीमा कार्यक्रम, सडक ¥याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स, हाजिर जवाफ प्रतियोगितालगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ ।

यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेंगु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रमलाई विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ । विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रमलगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका नियमित गरिने काम बाहेक कम्पनीको बिशेष दिन सम्पुर्ण कर्मचारि, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाज प्रतीको उत्तरदायित्व बोध गरी केहि योगदान गर्न पाउँदा विषेश सन्तुष्टी प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकार्य र स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ ।

कम्पनीको प्रगती सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाज प्रतिको जिम्मेवारी पुरा गर्न इन्स्योरेन्स सधैँ तयार रहने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?