‘चंगा चेट’ ले सार्वजनिक गर्‍यो तीन नयाँ पोस्टर

काठमाडौं । चलचित्र ‘चंगा चेट’ ले नयाँ पोस्टर सार्वजनिक गरेको छ । निर्माण टीमले सामाजिक सञ्जाल फेसबूकमार्फत फिल्मका तीन पोस्टर एकसाथ सार्वजनिक गरेको हो ।

आउँदो कार्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘चंगा चेट’ मा तीन फरक–फरक अर्थ झल्काउने पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के. खनालले निर्देशन गरेको यो चलचित्र पैसाको पछि लाग्दा चंगा जस्तै जीवन पनि चैट हुनसक्ने कथा उनिएको छ ।

पोस्टरमा चलचित्रका मुख्य कलाकार आयुष्मान जोशी, रविन्द्र झा, कमल देवकोटा, माओत्से गुरुङ, सन्दीप क्षेत्री, सुरक्षा पन्त, परमिता राणा, प्रियंका कार्की लगायतका कलाकारलाई देखाइएको छ ।

चलचित्रको निर्माण माधव वाग्ले र शर्मिला पाण्डेले गरेका हुन् । यस्तै कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रमा अर्पण थापा, शिशिर वाङ्देल, सरित ागिरी, ज्याक श्रेष्ठ, निश्चल बस्नेत, बेनिशा हमाल, ऋचा शर्मा लगायतले समेत अभिनय गरेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?