युरोपा लिग फुटबलमा आर्सनल र चेल्सी विजयी

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत इंग्लिस क्लब आर्सनल विजयी भएको छ । 

बिहीवार राति सम्पन्न भएको समूह ‘इ’को खेलमा आर्सनलले स्पोर्टिङ लिस्बोनलाइै १-० गोल अन्तरले पराजित  गर्‍यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म गोल रहित बराबरीमा रोकिएको आर्सनलले दोस्रो हाफमा भने लिस्बोनलाई दवावमा राखेको थियो ।

रोमाञ्चक बनेको खेलको ७७ औँ मिनेटमा आर्सनलका लागि ड्यानी वेलबेकले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । निर्धारित समयसम्म लिस्बोनले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल आर्सनलले आफ्नो पक्षमा पार्‍यो ।

आर्सनलले जितेको यो ११ औँ खेल हो । जितपछि ९ अंक बनाएको आर्सनल समूह ‘इ’को शिर्ष स्थानमा छ । ६ अंक बनाएको स्पोर्टिङ लिस्बोन दोस्रो स्थानमा छ । सन् २००७ को अक्टोबरपछि आर्सनलले निकालेको यो उत्कृष्ट नतिजा हो । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा चेल्सीले बाटे बोरिसोभलाई ३-१ गोल अन्तरले हरायो । चेल्सीका लागि लोफ्टिस चेकले ह्याट्रिक गरे । उनले खेलको २ औँ, ८ औँ र ५३ औँ मिनेटमा तीन गोल गरेका थिए । यता बोरिसोभका लागि ७९ औँ मिनेटमा रिवसले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

रियल बेटिसले एसि मिलानलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । जुरिचले बायर लिभरकुसनलाई ३-२ गोल अन्तरले तथा आरबि लेइपजिङले सेल्टिकलाई २-० गोल अन्तरले हरायो । यता रेन्जर्स र स्पार्टक मस्कोबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?