महिला फुटबलमा पुलिस फाइनल प्रवेश

लोकपथ
117
Shares

काठमाडौं । प्रदेश एकलाई ३–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । पुलिसको जितमा रेखा पौडेल, निर्मला विक र निर्मला उपाध्यायले एक एक गोल गरे । मंगलबार स्याङ्जाको वालिङमा भएको खेलको १३औं मिनेटमा रेखाले गरेको गोलसँगै पुलिसले अग्रता लियो । १९ औं मिनेटमा निर्मला बिकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पाइन् ।

८०औं मिनेटमा निर्मला उपाध्ययाले तेस्रो गोल गर्दै सहज जित दिलाइन् । जितसँगै फाइनलमा पुगेको पुलिसले कम्तिमा रजत पदक पक्का गरेको छ । मंगलबार नै हुने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीचको सेमिफाइनलको विजेतासँग पुलिसले ३ कात्तिकमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?