‘हाउसफुल ४’ मा नाना पाटेकरको ठाउँमा बाहुबलीका भिलेन

मुम्बई – सेक्सुअल ह¥यासमेन्टको आरोप लागेपछि नाना पाटेकरले ‘हाउसफुल ४’ फिल्म छोड्न प–यो । उनको ठाउँमा निर्माण टीमले ‘बाहुबली’ मा खतरनाक भिलेनका रुपमा देखिएका राणा दग्गुबातीलाई ल्याउने भएको छ ।

‘हाउसफुल ४’ को शूटिङको दौरान चर्चामा आएको ‘मीटु’ अभियानले नाना पाटेकर र साजिद खानको नाम सामुन्ने आएको थियो । नाम मुछिएपछि पाटेकर फिल्मबाट बाहिरिन परेको थियो । खबरका अनुुसार अहिले भने उक्त भूमिकामा राणा दग्गुबातीलाई रिप्लेस गरिने भएको छ ।

भारतीय मिडियाका अनुसार राणा दग्गुबाती रहन सक्नेछन् । मेकर्सले राणासँग यसबारेमा कुरा गरिसकेको बताइएको छ । साथै राणाले फिल्ममा काम गर्न सहमति जनाएको पनि समाचार आएका छन् । तर पेपरवर्क चाहिँ अझै भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?