सुनको मूल्य २ सयले घट्यो

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिनको तुलनामा यो मूल्य तोलमा दुई सय रुपैयाँले कमी हो । बिहीवार ६० हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 

तेजाबी सुन भने प्रतितोला ५९ हजार ९ सय रुपैयाँ रहेको छ । 

यस्तै आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?