भायानेट कम्युनिकेसनको २३औँ वार्षिक कार्यक्रम सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट र टिभी सेवा प्रदायक मध्यको एक कम्पनी भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ। उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको कम्पनीले आफ्नो २३ औँ वार्षिक उत्सब हिजो (सोमवार) मनाएको हो ।

भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको भायानेटले सन् २०११ मा नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गरेको थियो । त्यस यता, भायानेट कुनै पनि सेयरीङ रेसियो बिना डेडीकेटेड इन्टरनेटमार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने कम्पनी पनि बनेको कम्पनीले जनाएको छ।

त्यसैगरी, सन् २०१६ मा भायानेट आईपीटीभी सेवाहरू प्रस्तुत गर्ने पहिलो कम्पनी मध्य एक बनी नेपाली ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघाएको थियो । आजको दिनमा कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नुका साथै थप ग्राहकहरु माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको जनाएको छ।

भायानेटले आफ्नो अल्ट्रा–फाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबैभन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आईरहेको छ।

भायानेटको अर्को उत्कृष्ट उत्पादन भाया टिभीले सस्तो दरमा १ सय ७५ टिभि च्यानलहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीले भर्खरै भाया टिभीलाई अपग्रेट गर्खै भाया टिभी २.० मा अपग्रेड गरी अलग–अलग दर्शक प्रोफाइलहरू, पिक्चर इन पिक्चर मोड, पे–परभिउलगायतका आधुनिक फिचरहरू लिएर आएको छ।

आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले यस यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएकोमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ।
भविष्यमा भायानेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?