रोल्पामा ६७ जना एचआइभी संक्रमित, पुरुष र महिलाको सङ्ख्या बराबर

रोल्पा । रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ । 

जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् । संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआइभीको संक्रमणको शिकार भएका छन् । 

संक्रमितमध्ये ३२ ले नियमित औषधि सेवन गरिरहेका छन् । रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएकाहरू नै बढी मात्रामा एचआइभी संक्रमित देखिएको संस्थाका अध्यक्ष राधा नेपालीले बताए । 

संक्रमितलाई नियमित परामर्श दिने तथा नयाँ बिरामीसमेत पहिचान गर्ने काममा आफूहरु लागिरहेको अध्यक्ष नेपालीले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?