१ आश्विन २०७८, शुक्रवार

मनाइयो नरक चतुर्दशी, कुकुर तिहार

२०७४,कार्तिक,१,बुधबार ०७:१३


काठमाडौँ, १ कात्तिक ।यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो ।कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान सबेरै उठेर नजिकको नदी, पोखरी वा तलाउ गई नरक स्नान गरी तर्पण गरेर यम दीपबाली दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान नदी, ताल तलाउमा बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।आजै घर घरमा इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर मनाइयो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।कात्तिक कृष्ण चतुर्दशीका दिन कूल परम्पराअनुसार कसैले कुकुरलाई पूजा गरेर मीठो खान दिन्छन् भने कतिपयले मीठो खान दिने गर्छन् । शास्त्रीय रुपमा काग र कुकुरलाई मीठो खान दिने उल्लेख भए पनि पूजा गर्नुपर्ने कुरा नलेखिएको धर्मशास्त्रविद् गौतमले बताए ।घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने विश्वास समेत छ । वैवस्वत् मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०७:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हाइलाइट्स गेस्ट्रेक्टोमी केलाई भनिन्छ? चिकित्सकले कस्तो अवस्थामा गेस्ट्रेक्टोमी अप्रेसन गर्ने सल्लाह दिनसक्छन्? गेस्ट्रेक्टोमी कस्ले गर्नुहुन्न?शल्यक्रिया अघि उल्लेखित विषयहरुमा ध्यान राख्न

काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखी विश्वभर कोरोनाविरुद्धको खोपको रफ्तार बढाइएको छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार खोप लगाएका

नाम सुन्दै नौलो । ललितपुरको गोदावरी नगरपालिका-११ मा अवस्थित यो सानो नमूना गाउँ अर्थात् प्याङगाउँ । ललितपुरको लगनखेलस्थित बसपार्कबाट करिब

कहिलेकाहीँ जे खानेकुरा खाए पनि नमीठो लाग्ने गर्छ । यस्तै गरेर कहिलेकाहीँ जे खानेकुरा खाए पनि त्यसको स्वाद नै थाहा

ताजा समाचार

अमेरिकाद्वारा नेपाल ६ विकेटले पराजित
 २०७८,आश्विन,१,शुक्रवार २२:४२
‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८