नेपाल ल्यूव आयल लिमिटेडको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
13
Shares

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्धारा यस साधारण सभामार्फत सेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय वृद्धि र लाभांश वितरणको सेयरधनीहरुले खुल्ला प्रशंसा गर्नुभएको छ ।

त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ८१ दशमलव २५ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, “नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कठिन आर्थिक अवस्थामा निरन्तर वृद्धि कायम राखेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन् । सेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं ।”

बैठकपछि कम्पनीको कार्यसम्पादनबाट सेयरधनीहरु निकै उत्साहित देखिन्थे । कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य सेयरधनीहरूले आ–आफ्नो उत्साह व्यक्त गर्र्दैै भने “नेपाल ल्युब आयल लिमिटेड अन्य लिमिटेड कम्पनीहरुका लागि रोल मोडल हो, कम्पनीले सेयरधनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्दै आएको छ, यस कम्पनीसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गर्दछु ।”

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री तथा वितरणसमेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सुपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ ।

त्यस्तै, गल्फ लुब्रिकेन्टस् नेपालको समेत मुख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सबै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?