१२ माघ २०७९, बिहीवार

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित योजना, २५ प्रतिशतसम्मको नगद फिर्ता

२०७९,कार्तिक,१,मंगलवार ११:२२

18
Shares

काठमााडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

बैंकका अनुसार यो नगद फिर्ता योजना आज (मंगलवार)बाट २०७९ साल कार्तिक ६ गते आइतवारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्गमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेे ग्राहकहरुले मात्र नगद फिर्ता पाउने छन् ।

उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैयाँसम्मको नगद फिर्ता पाउने छन् । बैंकले यस योजनाबाट समग्र विद्युतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

बैंकले ग्राहकहरु तथा सेयरधनीहरुको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहकमैत्री योजनाहरु तथा अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २० दशमलव ९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको छ । बैंकले प्रस्ताव गरेको उच्चतम् लाभाशंले ग्राहकहरु तथा सेयरधनीहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्यसम्पादन गरिरहेको पुष्टि भएको छ ।

विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको बताएको छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,१,मंगलवार ११:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमा नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते अध्यावधिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब आठ करोड ६३ लाख सात

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६