सिटिजन लाइफको पाचौँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने

लोकपथ
26
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौं वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दे छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाईलगायतका कार्यक्रम एवम् विद्यार्र्थीरुलाई पोशाक, पुस्तक, स्टेस्नरीलगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएको छ ।

यस वर्ष पनि २०७८ साल ,असोज ३१ गते देखी कार्तिक ६ गतेसम्म सप्ताह व्यापी कार्यक्रममार्फत सोही प्रकारका गतिविधीहरुलाई निरन्तरता दिइएको इन्स्योरेन्सले जनाएको छ ।

यति मात्र नभएर समुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्षिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्‍याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स, हाजिर जवाफ प्रतियोगितालगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ ।

हाल नेपालका विभिन्न क्षेत्रमा डेंगु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने कम्पनीले जनाएको हो । त्यसैगरी, विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रमलगायतका योजनाहरु रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?