साफ यू–१५ फुटबलमा नेपालको शानदार जीत, माल्दिभ्स पराजित

काठमाडौं । जारी साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले शानदार जीत हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको समूह ‘ए’ को खेलमा नेपालले ४-०माल्दिभ्सलाई गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शुखद शुरुवात गरेको हो । 

खेलको २८ औँ मिनेटमा नेपालका लागि जन लिम्बुले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।त्यस्तै ३५ औँ मिनेटमा नमास थापा मगरले गोल गर्दै टिमको अग्रतालाई दोब्बर अग्रता दिलाए । 

खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको नेपालले दोस्रो हाफमा पनि माल्दिभ्सलाई दवावमा राख्न सफल भयो । बाँकी दुई गोल नेपालले दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफमा सशांक बोहारा र दिपेश राईले समान एक-एक गोल गरे । 

जितपछि नेपालले सेमिफाइनल प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । अब नेपालले यहि शनिवार दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशसँगको खेलमा नेपालले बराबरी गरेपनि सेमिफाइनलमा प्रवेश गर्नेछ । 

यसअघि बिहीवार नै भएको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २-१ गोल अन्तरले हराएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?