रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

लोकपथ
117
Shares

काठमाडौं । रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बताएका छन् । रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको छ ।

रुसले कामिकाजे ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेका छन् । दुश्मनले हाम्रा सहरहरुमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ उनले बताएका छन् ।

राजधानीका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?