साफ यू–१५ फुटबलमा पाकिस्तानको विजयी शुरुवात

काठमाडौं । जारी साफ यू–१५ फुटबल च्याम्पियनसिप अन्तर्गत पाकिस्तानले विजयी शुरुवात गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको ‘एन्फा’ मैदानमा बिहीवार दिउँसो भएको उद्घाटन खेलमा पाकिस्तानले  भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो । 

खेलको ३१ औँ मिनेटमा पाकिस्तानका लागि अदनान जस्टिनले पहिलो गोल गर्दे क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले पडाडि रहेको भारतले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।

खेलको ५३ औँ मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । निक्कै रोमाञ्चक बनेको खेल सकिनै लाग्दा पाकिस्तानका वासिफले गोल गर्दै टिमको जीत दिलाए । 
जितसँगै समूह ‘बी’मा पाकिस्तानले महत्वपूर्ण ३ अंक जोडेको छ । प्रतियोगिताअन्तर्गत बिहीवार नै नेपाल र माल्दिभ्सबीच सोही मैदानमा ३ बजे खेल हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?