सिटीसी मोबाइलहबमा शुरु भयो तिहार धमाका मोबाइल मेला, ६० प्रतिशतसम्म छुट

काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै सञ्चालनमा आएको मोबाइलहबमा तिहार धमाका मोबाइल मेला शुरु भएकोे छ ।

मोबाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित हबले मोबाइल मेलामा आर्कषक छुटका साथै अफर भित्रको अफर योजना ल्याएको हो । 

मोबाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने र नजिकिदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको मोबाइलहबले जनाएको छ । 

कार्तिक २२ गतेसम्म सञ्चालन हुने मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले दशैँतिहार धमाका अन्तर्गत ६० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै अफर भित्रको पनि अफरमा ग्राहकले शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सक्ने छन् । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइलहबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइलहबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोबाइल निशुल्क बितरण गरिनेछ । 

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइलहब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा उपलब्ध हुनेछ । 

सबैभन्दा धेरै ब्राण्ड, सबै भन्दा धेरै भेराईटी समेटेको मोबाइलहबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइलहबमा सस्तो मूल्यमा किन्न सकिन्छ । 

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भिस सेण्टर सिटीसी मलमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइलहबमा ६० मिनेट मै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?