२० मङ्सिर २०८०, बुधबार

आँधीखोलामा तीन लाख माछाका भुरा छाडियो

२०७४,कार्तिक,१,बुधबार ०६:५८

0
Shares

स्याङ्जा, वालिङ, १ कात्तिक ।गल्याङ नगरपालिकामा पर्ने आँधीखोलामा तीन लाख माछाका भुरा छाडिएको छ ।आँधीखोला मत्स्य विकास सहकारी संस्था, मस्त्य कृषि अनुसन्धान परिषद् र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा माछाका भुरा छाडिएको आँधीखोला मत्स्य विकास सहकारी संस्थाका कार्यबाहक अध्यक्ष छविलाल भुसालले जानकारी दिए ।कालीगण्डकी मत्स्य ह्याचरीद्वारा उत्पादित नेपाल विद्युत् प्राधिकरणको अनुदानमा करिब रु ४५ लाखको लागतमा हाँडे, गर्दी र थ्रेड जातका माछाका भुरा छाडिएको हो । कालीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा पर्ने भएकाले वर्षेनी यस क्षेत्रमा माछाका भुरा अनुदानमा प्राप्त हुँदै आएको छ ।कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारीले वर्षेनी आठ लाखदेखि दश लाख माछाका भुरा उत्पादन गरी परियोजनाको प्रभावित क्षेत्रमा वितरण गर्दै आएको छ । गल्याङ नगरपालिका– ३ र ११ मा पर्ने आँधीखोलामा बुटवल पावर कम्पनीको जलाशयबाटमाथि डेढ लाख र जलाशयभन्दा तल डेढ लाख माछाका भुरा छाडिएको छ । गत वर्ष पनि सोही स्थानमा दुई लाख १० हजार भुरा छाडिएको थियो ।आँधीखोलामा करेन्ट लगाएर, विष प्रयोग गरेर र बारुद हालेर माछा मार्ने गरेकाले गल्याङ नगरपालिकाले यस सम्बन्धी छुट्टै नीति बनाउने भएको छ । आँधीखोलाको पर्यावरणीय, जैविक विविधतालाई जोगाइ राख्न जनचेतनामूलक कार्यक्रम तथा यसको संरक्षणका लागि निश्चित संघ संस्थालाई जिम्मा लगाउन सकिने छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार