फ्रेइबर्गको पोष्टमा बायर्नले वर्षायो पाँच गोल

लोकपथ
169
Shares

काठमाडौं । बुन्डेसलिगा महारथि क्लब बायर्न म्युनिखले आइतबार राति एससी फ्रेइबर्गमाथि ५-० को सहज जित निकालेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा सर्जियो जिनाब्री, इरिक माक्सिम, लिरोय साने, साडियो माने र मार्सेल साविट्जरले एक-एक गोल गरे ।

जितसँगै बायर्न १० खेबबाट १९ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको युनियन बर्लिन शीर्षस्थानमा छ । फ्रेइबर्ग १८ अंक सहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?