एल क्लासिको : रियलको जितमा बार्सिलोना स्तब्ध

लोकपथ
234
Shares

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३–१ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान एक एक गोल गरे । बार्सिलोना को फेरान टोरेसले एक गोल गरे ।

आइतबार १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलबाट रियलले अग्रता लियो । ३५औं मिनेटमा फेडे भाल्भेर्डेले दोस्रो गोल गरे ।

८३औं मिनेटमा बार्सिलोनाका बैकल्पिक खेलाडी टोरेसले गोल गर्दा अग्रता २–१ मा भरेको थियो । तर, इन्ज्युरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गरेपछि रियल सिजनको पहिलो एल क्लासिकमा सहज जित निकाल्न सफल भयो ।

जितसँगै रियलले नौ खेलबाट २५ अंक सहित शीर्षस्थानमा छ । सिजनको पहिलो हार बेहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?